काठमाडौं, असार २
महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री चन्दा चौधरीले छिटोछरितो कार्य सम्पादन गर्न कर्मचारीलाई कडा निर्देशन दिनुभएको छ । समाज कल्याण परिषदद्वारा आयोजित स्वागत कार्यक्रममा बोल्दै उहाँले यस्तो निर्देशन दिनुभएको हो । मन्त्री चौधरीले परिषदबाट मन्त्रालय फाइल पठाउँदा आवश्यक फाइल मात्र पठाउन आग्रह समेत गर्नुभयो ।
उहाँले नविकरण नभएका संस्थालाई एक पटकलाई सुचना दिनुपर्ने भन्दै नविकरण हुन नआएको खण्डमा संस्था खारेज गर्नुपर्ने अडान लिनुभयो । उहाँले तीन बर्षसम्म नविकरण नहुने संघ, संस्था खारेज हुने नीति नियम बनाउन परिषद्लाई निर्देशन दिनुभयो । उहाँले काम गर्न सहज वातावरण बनाउँदै सोही अनुसार तदारुकता सहित काम गर्नुपर्ने बताउनुभयो ।

कोभिड–१९ महामारीको बेला संघ, संस्था मार्फत राहत सामाग्री बितरणको तथ्यांक व्यवस्थापन राम्रो हुन नसकेको भन्दै तथ्यांक अपडेट गरि प्राथमिकिकरण गर्न पनि आग्रह गर्नुभएको छ । उहाँले आफू मन्त्रालयमा आएपछि कम्तिमा ५ वटा नमुना काम गर्नमा जोड रहेको सुनाउनुभयो । कार्यक्रममा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका राज्यमन्त्री रेनुका गुरुङ, सचिव लगायतको उपस्थिति रहेको थियो ।














प्रतिक्रिया दिनुहोस्