काठमाडौं, असार ३
नेपाल संयुक्त राष्ट्रसंघीय शान्ति सेनामा योगदान गर्ने मुलुकहरुको सूचीमा तेस्रो स्थानमा सूचीकृत भएको छ । नेपाली सेनाका प्रवक्ता सन्तोषवल्लभ पौडेलका अनुसार नेपाल ५६८६ फौजसहित तेस्रो स्थानमा रहन सफल भएको हो । पहिलो स्थानमा सार्क मुलुक बंगलादेश र दोस्रोमा इथियोपिया छन् ।
नेपालपछि क्रमशः रुवान्डा, भारत र पाकिस्तान छन् । नेपाली सेनाका अनुसार ३० अप्रिल, २०२१ सम्मको संख्याका आधारमा नेपाल तेस्रो रहेको हो । नेपालको परराष्ट्र नीतिअनुसार राष्ट्रसंघले मागेको खण्डमा १० हजार फौज शान्ति सेनामा पठाउन सकिने सरकारी सिलिङ छ ।













प्रतिक्रिया दिनुहोस्