जनता टाइम्स

३ असार २०७८, बिहीबार १९:१७

यसकारण बन्द भयो चर्चित सिरियल ‘जुठे’


काठमाडौं, असार ३

नेपाली टेलिसिरियल ‘जुठे’ बन्द भएको छ । हिमालय टेलिभिजनबाट निषेधाज्ञामा पनि चल्दै आएको श्रृखंला आजबाट बन्द भएको हो । धेरै पहिलेको सामाजिक घटना कथाको रुपमा प्रस्तुत गर्दै आएको सिरियल राम्रो भए पनि जातको विषयलाई लिएर सामाजिक सञ्जालमा विवाद आइरहेको छ ।

निर्देशक मरिच मान श्रेष्ठ ‘बल्छी धुर्बे’ का अनुसार सिरियलमा उठाएको बिषयमा केही व्यक्तिले बिवाद गरेको र छायाँकन असम्भव भएकाले अहिलेलाई ‘जुठे’ रोकिएको हो । अब भने निषेधाज्ञा खुलेपछि यी आएका विवाद समाधान गरेर मात्रै सुरु हुने छ ।

राजु पौडेल ‘मास्टर’ र श्रेष्ठको संयुक्त लेखन निर्देशन रहेको सिरियलमा रवि गिरी, बिद्या कार्की, रामबाबु रेग्मी, मुकुन्द मैनाली, शर्मिला शर्मा, राजु पौडेल, मरिच मान श्रेष्ठलगायत कलाकारको मुख्य अभिनय छ । योगेश काजीको संगीत रहेको श्रृखंला राहुल राई र घनश्याम पोखरेलले छायाँकन, रविन भट्टले सम्पादन गर्दै आउनुभउको छ। एका छन् ।