जनता टाइम्स

४ असार २०७८, शुक्रबार १७:१९

सत्यमोहन जोशी अस्पतालबाट डिस्चार्ज


काठमाडौं, असार ४

संस्कृतिविद् सत्यमोहन जोशी अस्पतालबाट डिस्चार्ज हुनुभएको छ । यसअघि छातीमा समस्या देखिएपछि १०२ वर्षका जोशीलाई ललितपुरको किष्ट अस्पतालमा भर्ना गरिएको थियो । जोशीको स्वास्थ्य अवस्था सामान्य भएपछि अस्पतालबाट डिस्चार्ज हुनुभएको हो । श्वासप्रश्वासमा समस्या देखिएपछि उहाँ १० दिन अघि अस्पताल भर्ना हुनुभएको थियो ।