काठमाडौं, असार ४ । नेकपा एमालेका महासचिव एवं पूर्व उपप्रधानमन्त्री ईश्वर पोखरेलले काठमाडौंको बुढानिलकण्ठ नगरपालिकामा निर्माण भइरहेका विभिन्न विकास योजनाहरुको निरीक्षण गर्नुभएको छ ।
महासचिव पोखरेलले आज काठमाडौं निर्वाचन क्षेत्र नम्बर ५ स्थित बुढानिलकण्ठ नगरपालिकाको वडा नम्बर–६ को च्यासिडोलपार्क र धरमपुर बस्ती, वडा नम्बर ७ मा रहेको पानचोक सामुदायिक भवन र हेपाली सडक ढलान लगायतको विकास योजनाहरुको निरीक्षण र जानकारी लिनुभएको हो । निरीक्षणका क्रममा महासचिव पोखरेलले स्थानीयवासीसँग अन्तरक्रिया पनि गर्नुभयो ।
पूर्वउपप्रधानमन्त्री पोखरेलले केही दिन अघि बुढानिलकण्ठ नगरपालिकाकै वडा नम्बर ४ र ६ मा भइरहेका बिभिन्न विकास योजनाहरुको पनि निरीक्षण गर्नुभएको थियो ।
















प्रतिक्रिया दिनुहोस्