जनता टाइम्स

५ असार २०७८, शनिबार २०:३२

नेपालमा चर्काे बिरोध भएपछि भारतीय सेनाले सच्यायो आफ्नो गलत सूचना


काठमाडौं, असार ५ । नेपालमा चर्काे विरोध भएपछि भारतीय सेनाले आफ्नो सूचना सच्याएको छ । भारतीय सेनाले नेपाली महिलालाई भर्ती गर्न आह्वान गरिएको आफ्नो पुरानो सूचना सच्याएको हो ।

गत मे २८ तारिखमा जारी गरिएको सूचनालाई लिएर नेपालमा चर्काे बिरोध भएको थियो । सामाजिक सञ्जालमा चर्काे बिरोध भएको र नेपाल सरकारले पनि अनौपचारिक रुपमा परामर्श बिनै सूचना निकालेको भन्दै आपत्ति जनाएको थियो । सोही आधारमा भारतले आफ्नो गलत सूचना सच्याएको हो ।

जोइन इन्डियन आर्मी वेबसाइटमा जुन १५ तारिखमा राखिएको भूलसुधारमा सूचनाको गोर्खा सम्बन्धी खण्डलाई संशोधन गरिएको छ । सो भूलसुधारमा ‘सबै गोर्खाहरु (नेपाली र भारतीय) को सट्टा भारतीय गोर्खाहरुले मात्र भर्ना हुन पाउने उल्लेख गरिएको छ ।