जनता टाइम्स

६ असार २०७८, आईतवार १९:३४

माधवलाई एमाले भन्दा कांग्रेस–माओवादी नै प्यारो, आफ्नै समुहको सुझावबिपरित फेरि पुगे देउवा निवास


काठमाडौं, असार ६ । पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल पुनः कांग्रेस सभापति शेरबहादुर देउवाको निवासमा पुगेर बिपक्षी गठबन्धनको बैठकमा सहभागी हुनुभएको छ ।

संबिधान भन्दा बाहिर गएर सरकार गठन गर्न पाउनु पर्ने भन्दै सरकारविरुद्ध सर्वोच्च अदालतमा मुद्दा दायर गरेका विपक्षी गठबन्धनको बैठकमा सहभागी हुन नेता नेपाल भीम रावलसहित देउवाको निवासमा पुग्नुभएको हो । कांग्रेस सभापति देउवाको निवास बुढानिलकण्ठमा आज बिपक्षी गठबन्धनको बैठक बसेको हो । आजको बैठक एमाले एकता हुन नदिन माधव नेपाललाई कन्भिन्स गर्न बोलाइएको हो ।

नेपाललाई बिपक्षी गठबन्धनमा राखिराख्नकै लागि आयोजित आजको बैठकमा कांग्रेसबाट सभापति देउवासहित बरिष्ठ नेता रामचन्द्र पौडेल र महामन्त्री पूर्णबहादुर खड्का सहभागी हुनुहुन्छ भने माओवादीबाट अध्यक्ष प्रचण्डसहित नारायणकाजी श्रेष्ठ र देव गुरुङ, जसपाका अध्यक्ष उपेन्द्र यादव, डा.बाबुराम भट्टराई र राजेन्द्र श्रेष्ठ सहभागी हुनुभएको छ । एमालेमा एकता जोगाउने अन्तिम प्रयाश भइरहेको बेला बिपक्षी गठबन्धनमा सहभागी भएपछि नेपाल समुहकै अधिकांश नेता रुष्ट बन्नुभएको छ ।

सर्वोच्च अदालतमा असार ९ देखि प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा सुनुवाई शुरु हुन लागेका बेला विपक्षी गठबन्धनको थप रणनीति बनाउन कांग्रेस, माओवादी, जसपाको उपेन्द्र यादव समूह र एमालेको माधव नेपाल समूहका नेताहरु छलफलमा बसेको बुढानिलकण्ठ स्रोतले जनताटाइम्सलाई बतायो । एमालेभित्र एकता कायम हुन लागेपछि यसबीचमा गठबन्धनका शीर्ष नेताहरु माधव नेपाल निवासमा समेत भेला भएका थिए । न

ेपालले गठबन्धनलाई धोका दिएर अध्यक्ष केपी ओलीसँग नमिल्ने वचन दिएको कारण बिपक्षी गठबन्धन साथमा राख्न बिभिन्न प्रलोभन दिदै आएको छ । यसअघि नै नेता नेपाल र रावलले देउवासँग कांग्रेसको चुनाव चिन्ह लिएर निर्वाचनमा जानेसम्मको सहमति गरिसक्नु भएको छ । तर नेपाल समुहमै रहेका प्रभावशाली नेताहरुले सो निर्णयमा आपत्ति जनाएर एकताको पक्षमा दृढतापुर्वक उभिनुभएको छ ।

माधव पक्षकै दोस्रो तहका नेताहरु पार्टीलाई जेठ २ मा फर्काउन अध्यक्ष ओली तयार भएको अवस्थामा एमाले एकता कायम गर्न लागिरहनु भएको छ । तर नेता नेपालमाथि प्रचण्ड र देउवाले एमालेमा नबस्न दवाव दिँदै आउनु भएको छ । दोस्रो तहका नेताहरुले बुढानिलकण्ठ मोह त्याग्न नेता नेपाललाई सुझाए पनि मानिरहनु भएको छैन ।