काठमाडौं, ७ असार । आज बिहानैदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एउटा हवाईजहाज छिनमै उड्ने र छिनमै बस्ने गरेको छ । सर्वसाधारणलाई अनौठो लाग्ने यो दृष्यले धेरैको ध्यान खिच्यो र अनुमान पनि लगाए धेरैले कुनै आपतविपत पो आइलाग्यो कि भनेर तर होइन । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रवन्धक प्रतापबाबु तिवारीका अनुसार पाइलटले हवाईजहाज उडाउने अभ्यास गरिरहेकाले यस्तो दृष्य जानकारी दिनुभयो । सोमबार बिहानैदेखि हिमालय एयरलाइन्सले आकाश खालि भएको मौकामा आफ्ना पाइलटलाई अभ्यास गराइरहेको छ । त्यही भएर हिमालय एयरलाइन्सको हवाईजहाज एकछिन आकाशमा फन्को मारेर ल्याण्ड गर्छ र केहीबेरमै फेरि उड्छ ।
त्रिभुवन विमानस्थलमा एउटै जहाज छिनमै उड्ने र छिनमै बस्ने गरेको छ, कारण यस्तो

प्रतिक्रिया दिनुहोस्