जनता टाइम्स

७ असार २०७८, सोमबार १६:५४

डा. खतिवडा कोष्टारिकाका लागि गैरआवासीय राजदूत नियुक्त


काठमाडौं, असार ७

राष्ट्रपति विद्यादेवी भण्डारीले संयुक्त राज्य अमेरिकाका लागि नेपाली आवासीय राजदूत डा युवराज खतिवडालाई कोष्टारिकाका लागि समेत गैरआवासीय राजदूतमा नियुक्त गर्नुभएको छ । नेपालको संविधानको धारा २८२ को उपधारा १ बमोजिम आज सो नियुक्ति गरिएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।