काठमाडौं, असार ७ । आफूलाई सामाजिक अभियन्ता बताउने ज्वाला संग्रौलासहित तीनै जनालाई तीन दिन हिरासतमा राखेर अनुसन्धान अघि बढाउन जिल्ला प्रशासनले अनुमति दिएको छ । अभद्र व्यवहार सम्बन्धी कसूरमा अनुसन्धानका लागि तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला प्रशासन कार्यालय, काठमाडौंले महानगरीय प्रहरी परिसर काठमाडौंलाई अनुमति दिएको हो ।
काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले काठमाडौं प्रहरीबाट आएको मागअनुसार अनुसन्धानका लागि अनुमति दिनुभएको हो । जिल्ला प्रशासनले संग्रौलासँगै उनका पति हिमाल उपाध्याय र शर्मिला वाइवालाई पनि थुनामा राख्न अनुमति दिएको छ ।
युवा संघकी नेतृ खुश्बु (नविता) घिमिरेले दिएको किटानी जाहेरीका आधारमा संग्रौलासहित तीन जना पक्राउ परेका थिए । घिमिरेमाथि एक महिनाअघि संग्रौलाले प्रहरी वृत्त, गौशालामा कुटपिट गरेको अभियोग छ ।
सामाजिक सञ्जालमा आपत्तिजनक गालीगलौज गर्ने र मार्नेसम्मको धम्की दिँदै आएको संग्रौलाको समुहले रवि लामिछानेले मच्चाउनु भएको चन्दा आतंकको बिषयमा जनताटाइम्समा प्रकाशित समाचारमा टिप्पणीसहित शेयर गरेको बिषयमा आपत्तिजनक गालीगलौज गरेको थियो भने प्रहरीमा एक महिलालाई उजुरी हाल्न लगाएर छलफलको लागि बोलाएर कुटपिट गरेको पीडित घिमिरेले बताउनु भएको छ । बिगत केही समयदेखि संग्रौलासमुहले सामाजिक अभियन्ताको नाममा माफियाराजको अभ्याश गर्दै आएको भन्दै युवा संघकी नेतृ घिमिरेले कडा टिप्पणी गर्नुभएको थियो । सोही बिषयमा संगौला समुहले आफ्नो समुह परिचालित गरी प्रहरी कार्यालयभित्रै एक्कासी आक्रमण गरेको थियो ।
संग्रौलाले महाराजगञ्ज प्रहरीका असई मणिकान्त झालाई समेत रंगभेदी अभिव्यक्ति दिएर दुब्र्यवहार गरेपछि पक्राउका लागि प्रहरीमाथि चर्काे दवाव परेको थियो । यहीबीच उनले घिमिरेमाथि समेत आक्रमण गरेको घटना बाहिरिएको र उजुरी दिएपछि प्रहरीले हिजो पक्राउ गरेको थियो ।













प्रतिक्रिया दिनुहोस्