जनता टाइम्स

८ असार २०७८, मंगलवार १०:२१

गोकुलले उठाए माधव समुहमाथि गम्भीर सलाव


काठमाडौं, असार ८ । एमाले नेता तथा पूर्वसञ्चारमन्त्री गोकुल बाँस्कोटाले माधव नेपाल एमालेमा फर्कन नचाहेको तथ्य खोलिदिनु भएको छ । आफ्नै शैलीमा सामाजिक सञ्जालमार्फत बाँस्कोटाले जति प्रयाश गरे पनि माधव एमाले फर्कन नचाहेको कारण एकता अभियानमा लागेका नेताहरु थाकेको बताउनु भएको हो ।

‘एकताको खिचडी पकाउन दत्तचित्त भएर लागेका कमरेडहरु नै थाके कि के हो ? खिचडी पाक्ने त हो-होइन चुल्हो धुवाँएको पनि देखिएन,’ बाँस्कोटाले भन्नुभएको छ, ‘कि असारे झरीमा झुर्का भेटिएन । अदालतमा बुझाएको सही फिर्ता लिने, जेठ ३ अघिको बैठक बस्ने । त्यो नमान्ने भए भो छोडदिम, झुर्का खोज्ने र टाउको दुखुन्जेल ढुङ्ग्रो फुक्ने काम ।’

एमालेको कार्यदल तहमा वार्ता प्रयास भए पनि माधवले नयाँ नयाँ शर्त तेर्स्याएपछि कुनै नतिजा आउन सकेको छैन । एमालेको एकता प्रयास असफल हुँदै गएपछि पूर्वमन्त्री बास्कोटाले एउटा टुंगोमा पुगिहाल्न पनि सुझाव दिनुभएको छ ।