जनता टाइम्स

८ असार २०७८, मंगलवार १६:५६

दुई उपप्रधानमन्त्रीसहित २० मन्त्रीको नामै तोकेर काम गर्न नदिन आदेश (पूर्णपाठ)


काठमाडौं, असार ८

सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनपछि गरिएको मन्त्रिपरिषद् विस्तारसम्बन्धी सबै निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश गरेको छ ।

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा र न्यायाधीश प्रकाशकुमार ढुंगानाको इजलासले मन्त्रिपरिषदको विस्तार संविधान अनुकूल नभएको र संविधानको मूल मर्म र भावनाविपरीत भएको ठहर गरेको हो ।सर्वोच्चले दुई उपप्रधानमंत्रीसहित २० मन्त्रीको नामै तोकेर काम गर्न नदिन आदेश दिएको हो ।