काठमाडौं, असार ८
दक्षिणकाली मन्दिरको शौचालयमा एक महिला मृत अवस्थामा फेला पर्नुभएको छ । पिकनिक स्पोर्ट नजिकै रहेको शौचालयमा महिलाको शव भेटिएको प्रहरीले जनाएको छ ।
उक्त शव भेटिएको खबरलगत्तै स्थानीय प्रहरी, महानगरीय प्रहरी अपराध महाशाखा र महानगरीय प्रहरी परिसर काठमाडौंको टोली घटनास्थलतर्फ गएको छ।
काठमाडौं प्रहरी प्रमुख एसएसपी अशोक सिंहले परिसरको टोली घटनास्थलतर्फ मुभ भएको बताउनुभयो । उक्त शव कसको हो भनेर पहिचान भने हुन बाँकी नैछ ।













प्रतिक्रिया दिनुहोस्