जनता टाइम्स

८ असार २०७८, मंगलवार १७:३२

प्रचण्डलाई कसरी भयो सर्वाेच्चको फैसलाबारे पूर्वजानकारी ?



काठमाडौं, असार ८ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, प्रचण्डले सोमवार नै सर्वाेच्च अदालतबाट मन्त्रिपरिषद बिस्तारको निर्णय बदर गर्ने फैसला आउने जानकारी गराएको तथ्य खुलेको छ । आफ्नो गृहजिल्ला चितवनमा आफू निकट नेताहरुसँग प्रचण्डले अदालतबाट मन्त्रिपरिषद बिस्तारको निर्णय बदर गर्ने फैसला आउने जानकारी गराउनु भएको हो ।

‘प्रचण्डले हिजो नै निर्णय सुनाए, आज अदालतबाट मन्त्रिपरिषद पुनर्गठनको फैसला आयो ? यो कसरी भयो ?’ सामाजिक सञ्जालमा अधिकांशले प्रश्न गरेका छन । केही अनलाइन मिडियाले सोमवार नै प्रचण्डले मन्त्रिपरिषद पुनर्गठनबारे सर्वाेच्चबाट आउने फैसलाको बिषयमा दिनुभएको अभिब्यक्तिबारे समाचार बनाएका थिए । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर आफै रहनुभएको इजलाशबाट आज आएको अन्तरिम आदेश निकै बिवादास्पद बनेको छ । सामाजिक सञ्जालमा यस बिषयमा चर्काे असन्तुष्टि पोखिएको छ ।