जनता टाइम्स

९ असार २०७८, बुधबार १८:४९

फेरि देउवा निवास पुगे माधव नेपाल


काठमाडौं, असार ९

एमाले नेता माधवकुमार नेपाल फेरी देउवा निवास बुढानिलकण्ठमा पुग्नुभएको छ । भर्खरै सुरु भएको विपक्षी गठबन्धनको बैठकमा भाग लिन नेपाल बुढानिलकण्ठ पुग्नुभएको हो । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा शुरू भएको बैठकमा सर्वोच्च अदालतले मन्त्रिपरिषद् विस्तार बदर गरेपछिको राजनीतिक परिस्थिति लगायतका विषयमा छलफल गर्ने बताइएको छ ।

बैठकमा कांग्रेस सभापति देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एमालेका नेता नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलगायत उपस्थित रहनुभएको छ । बैठकमा गण्डकी प्रदेश मन्त्रिपरिषद्मा कार्यविभाजनमा देखिएको समस्या समाधन गर्ने लगायतका विषयमा पनि छलफल हुने बताइएको छ ।