जनता टाइम्स

१० असार २०७८, बिहीबार १६:०८

राष्ट्रपति भण्डारीद्वारा लोकसेवा अध्यक्षसहित संवैधानिक निकायका २० पदाधिकारी नियुक्त (सूचीसहित)


काठमाडौं, असार २० । राष्ट्रपति विद्यादेवी भण्डारीले लोकसेवा आयोगका अध्यक्षसहित बिभिन्न संबैधानिक निकायको प्रमुख र सदस्य नियुक्त गर्नुभएको छ । राष्ट्रपति भण्डारीले आज लोकसेवा, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, महिला आयोग लगायतका संवैधानिक निकायमा पदाधिकारी नियुक्ति गर्नुभएको हो ।

संबैधानिक परिषदको सिफारिशमा संसदीय सुनुवाईको लागि तोकिएको समय सकिएपछि राष्ट्रपति भण्डारीले आज लोक सेवा आयोगमा माधव प्रसाद रेग्मीलाई नियुक्त गर्नुभएको छ । यस्तै अख्तियारको आयुक्तमा डा सुमित्रा श्रेष्ठ, ब्याँन्जु नियुक्त हुनुभएको छ । संवैधानिक परिषद्ले वैशाख २७ गते सिफारिस गरेका २० पदाधिकारीलाई संसदीय सुनुवाई विना नै नियुक्त गरिएको हो । संसद बिघटन भइसकेको कारण उहाँहरुको संसदीय सुनुवाई हुन नसकेको हो ।

हेर्नाेस सूची