काठमाडौं, असार १० । राष्ट्रपति बिद्यादेवी भण्डारीले मन्त्रीहरुको जिम्मेवारी थप गर्नुभएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिशमा राष्ट्रपति भण्डारीले आज मन्त्रीहरुलाई थप जिम्मेवारी तोक्नुभएको हो ।
सर्वोच्च अदालतको अन्तरिम आदेशबाट २० जना मन्त्री पदमुक्त भएपछि खाली रहेका मन्त्रालयको प्रधानमन्त्रीसहित ५ मन्त्रीलाई जिम्मेवारी बाँडफाँट गरिएको हो । राष्ट्रपति कार्यालयका अनुसार प्रधानमन्त्री ओलीलाई रक्षा र परराष्ट्र मन्त्रालयको जिम्मेवारी तोकिएको छ ।
यसैगरी उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेललाई गृह, उर्जासहित ५ मन्त्रालयको जिममेवारी तोकिएको छ । यस्तै भौतिक पूर्वाधारमन्त्री बशन्त नेम्वाङलाई सञ्चारसहित पाँच ओटा मन्त्रालयको जिम्मेवारी दिइएको छ । कानुनमन्त्री लिलानाथ श्रेष्ठलाई पनि पाँचओटा मन्त्रालयको जिम्मेवारी तोकिएको छ ।
हेर्नाेस सूची















प्रतिक्रिया दिनुहोस्