जनता टाइम्स

११ असार २०७८, शुक्रबार ०९:००

आज मेघगर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना, कहाँ कहाँ छ खतरा ?


काठमाडौ, असार ११ । जल तथा मौसम पूर्वानुमान महाशाखाले प्रदेश नं १ र बागमती प्रदेशका एकरदुई स्थानहरुमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना रहेको जनाएको छ। ती स्थानहरूका पहाडी भूभागमा पहिरो र गेग्रान बहावको जोखिम रहेकोले उच्च सतर्कता अपनाउन पनि महाशाखाले अनुरोध गरेको हो ।

महाशाखाले आज देशभर मनसुनी वायुको प्रभाव रहेको र हाल देशको दक्षिणी भूभाग नजिक मनसुनी न्युन चापीय रेखा रहेको जनाएको छ । महाशाखाका अनुसार हाल देशका अधिकांश भूभागमा सामान्य बदली रहि प्रदेश १, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षा भइरहेको छ ।

यसैगरी आज दिउँसो देशभर सामान्य देखि पूर्ण बदली रहनेछ । प्रदेश नं १, प्रदेश नं २, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानहरु र बांकी प्रदेशका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश नं १ र बागमती प्रदेशका एकरदुई स्थानहरुमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना छ भने, राति देशभर सामान्य देखि पूर्ण बदली रहनेछ । प्रदेश नं १, प्रदेश नं २, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानहरु र बांकी प्रदेशका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश नं १, प्रदेश नं २, बागमती प्रदेश र लुम्बिनी प्रदेशका एक वा दुई स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना रहेको छ।