जनता टाइम्स

११ असार २०७८, शुक्रबार ०९:११

माओवादी छाडेर एमाले प्रवेश गरेका २ मेयरसहित १४ जनप्रतिनिधि पदमुक्त (सूचीसहित)


काठमाडौं, असार ११ । माओवादी छाडेर नेकपा एमाले प्रवेश गरेका २ मेयरसहित १४ जना स्थानीय तहका जनप्रतिनिधि पदमुक्त भएका छन । निर्वाचन आयोगले माओवादी केन्द्रले कारबाही गरेका पालिकाका १४ जनप्रतिनिधिको पद रिक्त गरेको सूचनामार्फत जानकारी दिएको छ ।

२०७४ सालको पालिकाको चुनावमा माओवादी केन्द्रको तर्फबाट उमेद्वार भएर विजयी भएका तर दल त्याग गरेका उनीहरुलाई माओवादी केन्द्रले पदमुक्त गर्न माग गर्दै निर्वाचन आयोगलाई जानकारी गराएको थियो । आयोगले विज्ञप्ति निकालेर माओवादी केन्द्र छाडेर एमालेमा गएका दुई मेयर र पाँच उपमेयरसहित १४ जनप्रतिनिधिको पद रिक्त भएको जानकारी गराएको हो ।