जनता टाइम्स

११ असार २०७८, शुक्रबार ०९:४६

प्रचण्डलाई कमल थापाको सुझाव : सही भन्नुभयो, अव राजा फर्काउने आन्दोलनको नेतृत्व लिनोस


काठमाडौं, असार ११ । राप्रपा अध्यक्ष कमल थापाले राजतन्त्र फर्काउने आन्दोलनको नेतृत्व लिन नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई सुझाव दिनुभएको छ । राष्ट्रपति भन्दा राजा नै ठीक भन्ने निश्कर्ष सुनाएपछि राजसंस्था पुनःस्थापनाकोथापाले प्रचण्डलाई यस्तो सुझाव दिनुभएको हो । प्रचण्डले बिहीवार सम्पादकहरुसँगको अन्तरक्रियामा राष्ट्रपति भन्दा राजनै ठीक रहेको अभिव्यक्ति दिनुभएको थियो ।

‘प्रचण्डजीले सहि भन्नु भयो।हाम्रो जस्तो सामाजिक चेतना र भूराजनीतिक अवस्था भएको देशमा पार्टीगत आधारमा निर्वाचित राष्ट्रपतिबाट निष्पक्ष र गरिमामय भूमिका निर्वाह हुन सक्दैन । त्यसर्थ, देशको शान मान र हितको रक्षार्थ संवैधानिक राजसंस्था कायम गरौं। यो असल कामको पहल गर्नुहोस,’ प्रचण्डको भिडियो शेयर गर्दै थापाले ट्वीटमा भन्नुभएको छ ।

प्रचण्डले भन्नुभएको थियो, ‘राष्ट्रपति संविधानको संरक्षक हुनेछ भनेर भनिएको छ, तर यो भन्दा त राजा हुँदा नै बढी शान थियो । अहिले शान पनि छैन, मान पनि छैन र इज्जत पनि छैन ।’ संबैधानिक राजतन्त्रको वकालत गर्दै आउनु भएका थापाले प्रचण्डको यो भनाई सही रहेको निश्कर्ष सुनाउनु भएको छ ।