जनता टाइम्स

११ असार २०७८, शुक्रबार १३:५८

देउवाविरुद्ध गठबन्धन बनाउदैं कांग्रेसका यी नेताहरु


काठमाडौं, असार ११ । नेपाली कांग्रेसका उपसभापति, महामन्त्री र पूर्वमहामन्त्री छलफलमा जुट्नुभएको छ । कांग्रेसको १४ औं महाधिवेशन नजिकिएका बेला सभापतिमा तयारी गरिरहेका उपसभापति विमलेन्द्र निधि, महामन्त्री शशांक कोइराला र पूर्वमहामन्त्री प्रकाशमान सिंहबीच छलफल भइरहेको छ।

‘केहीबेर अगाडिदेखि उहाँहरूबीच छलफल भइरहेको छ,’ महामन्त्री कोइरालाका स्वकीय सचिव भरत तिवारीले जानकारी दिनुभयो ।आगामी महाधिवेशनमा पार्टी सभापति शेर बहादुर देउवाविरुद्ध गठबन्धन बनाउने तयारीमा रहेका कांग्रेसका यी नेताहरु शशांक निवास महारजगञ्जमा छलफलमा जुटेका हुन् । तिवारीका अनुसार उहाँहरूबीच महाधिवेशनमा एक जना उम्मेदवार हुने गरी छलफललाई तीव्रता दिइरहेका छन्। यसअघि यी तीन नेताहरू उपसभापति निधिको निवासमा कुराकानी गर्नुभएको थियो ।

महाधिवेशनसम्म नै छलफललाई निरन्तरता दिने त्यसबेला उहाँहरूबीच सहमति थियो।आजै वरिष्ठ नेता रामचन्द्र पौडेलले पनि महाधिवेशन केन्द्रित बैठक राख्नुभएको छ । दिउँसो २ बजे उक्त बैठक हुनुअगाडि अहिले निधि, कोइराला र सिंहबीच भेटवार्ता भएको छ।कांग्रेसको १४ औं महाधिवेशन भदौ १६ देखि १९ गतेसम्म हुँदैछ।