जनता टाइम्स

११ असार २०७८, शुक्रबार १७:२३

प्रचण्डका वकिलले दिए सर्वाेच्चको इजलाशमै राष्ट्रपति र प्रधानमन्त्रीको हत्या गर्ने धम्की, न्यायमुर्ति बसे मौन


काठमाडौं, असार ११ । प्रधानन्यायाधीश नेतृत्वको संबैधानिक इजलाशमैराष्ट्रपति र प्रधानमन्त्रीको हत्या गर्ने धम्की दिइएको छ । माओवादी अध्यक्ष पुष्पकमल दाहाल, प्रचण्ड प्रधानमन्त्री हुँदा महान्यायाधीबक्ता रहनुभएका बरिष्ठ अधिबक्ता रमन श्रेष्ठले बहशको क्रममा लिक भन्दा बाहिर गएर राष्ट्रपति बिद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको हत्या गर्ने धम्की दिनुभएको हो ।

‘असंवैधानिक काम गरेकै कारण फ्रान्स र बेलायतका राजाको हत्या भएको इतिहास छ, यस्तै काम गर्दै जाने हो भने नेपालका राष्ट्रपति र प्रधानमन्त्रीको पनि त्यही आवस्था नआउला भन्न सकिन्न,’ बहसका क्रममा राष्ट्रपतिको चर्काे आलोचना गर्दै बरिष्ठ अधिबक्ता श्रेष्ठले भन्नुभयो । प्रधानन्यायाधीश नेतृत्वकै इजलाशमा यति गम्भीर बिषय उठान गरिएको भएपनि न्यायाधीशहरु सवै मौन रहनुभयो ।

प्रतिनिधिसभा विघटनविरुद्ध गठन भएको प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जवरा नेतृत्वको संवैधानिक इजलाशमा वरिष्ठतम न्यायाधीशहरु दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र आनन्दमोहन भट्टराई हुनुहुन्छ । प्रधानन्यायाधीशसहित सर्वाेच्चको बरिष्ठतम न्यायाधीश सहभागी इजलाशमा राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीको हत्या गर्ने धम्की दिनु र न्यायमुर्ति मौन बस्नु निकै गम्भीर मानिएको छ ।

‘यति गम्भीर बिषयमा श्रीमानहरुबाट कुनै आदेश वा जवाफ नमाग्नु न्यायिक इतिहासमै गम्भीर घटना हो, न्यायालयमै र इजलाशमै हत्याको धम्की आउनु सामान्य कुरा होइन,’ इजलाशमा बहश सुनिरहेका एक कानून ब्यवसायीले जनताटाइम्ससँग भने । यसअघि बागमति प्रदेशका सांसद नरोक्तम बैद्यले नाथुराम गोड्से बनेर प्रधानमन्त्री ओलीको हत्या गर्ने घोषणा गर्नुभएको थियो ।

प्रदेशसभामै प्रधानमन्त्री मार्ने घोषणा गर्नुभएका बैद्यले चर्काे आपत्तिपछि पार्टीको निर्देशनमा आफ्नो अभिब्यक्तिप्रति क्षमायाचनासहित फिर्ता लिनुभएको थियो । कांग्रेस सांसदपछि माओवादी अध्यक्ष प्रचण्डका कानुनी सल्लाहकार रमन श्रेष्ठले अदालतमै राष्ट्रपति र प्रधानमन्त्रीलाई मार्ने धम्की दिनुभएको हो ।