जनता टाइम्स

१२ असार २०७८, शनिबार १९:५२

माधव नेपाल यो शताब्दीको सवैभन्दा ठूलो गद्दार हुन : एमाले नेता शाही


काठमाडौं, असार १२ । एमाले नेता तथा लेखक दयालबहादुर शाहीले पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल यो शताब्दीकै सवैभन्दा ठूलो गद्दार भएको ठोकुवा गर्नुभएको छ ।

एमालेमा १५ बर्ष नेतृत्व गर्नुभएका नेता नेपालले आज सार्वजनिक रुपमै एमालेमा नफर्कने र कांग्रेस नेतृत्वको बिपक्षी गठबन्धनलाई धोका नदिने घोषणा गरेलगत्तै शाहीले माधवमाथि प्रहार गर्नुभएको हो । ‘यो शताब्दीको सवैभन्दा ठूलो गद्दार माधव हुन । सर्पले चिल्दैन भन्नु र धोकेवाजले धोका दिन्न भन्नु एउटै हो,’ शाहीले भन्नुभएको छ ।

यस्तो छ शाहीको निश्कर्ष
बिसौं शताब्दीको सवैभन्दा ठूलो गद्दार गोर्वाचोभ हुन भने यो शताब्दीको सवैभन्दा ठूलो गद्धार माधव हुन । सर्पले चिल्दैन भन्नु र धोकेवाजले धोका दिन्न भन्नु एउटै हो ।