अमेरिका, असार १४ । गैर आवासीय नेपाली संघ (एनआरएनए) ले अन्तराष्ट्रिय महाधिवेशन प्रतिनिधि छनोट रोक्न एनआरएनए अमेरिकालाई निर्देशन दिएको छ । संघका अध्यक्ष कुमार पन्त र महासचिव डा.हेमराज शर्माले पत्र लेखेरै महाधिवेशन प्रतिनिधि रोक्न निर्देशन दिनुभएको हो ।
संघले आगामी जुलाई ४ मा हुने एनसिसी युएसएको महाधिवेशनबाट संघको संशोधित बिधान २०२१ अनुसार बिधान संशोधन गरी तत्पश्चात सम्पुर्ण पंञ्जिकृत सदस्यको २५ प्रतिशत प्रतिनिधित्वहरुको प्रत्यक्ष निर्वाचन गर्न समेत दिर्नेशन दिएको छ ।

भर्खरै राष्ट्रिय समन्वय समितिको निर्वाचन सकिएको एनआरएनए अमेरिकाको निर्वाचन आयोग र राष्ट्रिय कार्यसमितिका बीच डेलिगेट निर्वाचन प्रकरणले किचलो उत्पन्न भएपचि केन्द्रले हस्तक्षेप गर्नुपरेको हो । एउटाले अबैध काम गर्न लागेको भन्दै अर्कोले पनि अबैध कार्य थप्न थालेपछि यो किचलोले अमेरिकाको राजनीतिप्रति चासो राख्ने नेपाली समुदायलाई निकै प्रभावित पारेको छ । अनआरएनए अभियन्ताहरुका अनुसार निर्वाचन आयोगमा निमित्त प्रमुख भएका एटर्नी बासु फुलाराले आफू खुसी कार्यतालिका बनाई अन्तर्राष्ट्रिय समन्वय समितिमा डेलिगेट पठाउने निर्वाचन तालिका तयार गरेपछि किचलो थप बढेको हो।
यो किचलोका पछाडि अमेरिकामा नेपालीहरुमाझ विभाजनकारी राजनीति गर्दै आएका डा।केशब पौडेलको समूह र व्यापारी गौरी जोशीको समूहका बीचको प्रतिष्पर्धा मुख्य कारक हो। फुलाराले पौडेलको योजनाअनुसार, केन्द्रमा प्रतिनिधित्व गराउन खोज्नुभएको हो । तर, एनसीसीको निर्वाचनमा पराजित भएको हालका अध्यक्ष सुनील साहको समूहले पौडेलको योजनामा साथ दिनुभएको छैन । स्रोतका अनुसार फुलाराले एनआरएनए अमेरिकाको विधानको मर्मअनुसार, भन्दै २९ वटा च्याप्टरबाट २९ जना डेलिगेट तय हुने र बाँकी १८ पदमा मात्र निर्वाचन गर्ने भनेपछि आईसीसीको विधान र निर्देशनविपरीत भएको भन्दै एनसीसीले तत्काल निर्वाचनको काम रोक्न आदेश दिएको हो।
अध्यक्ष सुनील साहले लेखेको इमेलमा निर्वाचन कमिटीले प्रस्ताव गरेको चुनाव प्रक्रियामा मतभेत भएकाले तत्कालका लागि चुनावको प्रक्रिया अघि नबढाउन भनिएको थियो । निर्वाचन आयोगले एनसीसी बोर्डको निर्णय विना नै १८ पदमा त्यो पनि आफूखुसी क्षेत्र तोकेर निर्वाचन गर्ने घोषणा गर्नु र सो घोषणालाई एनआरएनएको कुनै पनि नियाम उल्लेख नै नगरी रोक्न आदेश दिनु गैरकानूनी काममाथि गैरकानुनी आदेश दिने काम भएको देखिएको हो।
यसअघि ४५ सिटमै निर्वाचन गर्ने र त्यो पनि जुलाई २ भित्रै सम्पन्न हुनुपर्ने गरी एनसीसीको बोर्ड बैठकले निर्णय गरी निर्वाचन आयोगलाई काम शुरु गर्न पत्र लेखेको थियो । तर, निर्वाचन आयोगले शुरुमा जुलाई २ भन्दा अघि विभिन्न कारणले निर्वाचन गराउन नसक्ने र जुलाई ३ र ४ तारिक न्यूयोर्कमा हुन लागेको साधारण सभापछि मात्र गर्न उपयुक्त हुने जानकारी बोर्डलाई पठायो। त्यसपछि फेरि बोर्डले २ अघि नै निर्वाचन गर्न निर्देश गरेपछि निर्वाचन ४५ सिटमै नगर्ने जम्मा १८ सिटमा मात्रै गर्ने गरी निर्वाचन तालिका प्रकाशित गरेको थियो।
२९ यसअघि प्रचलन नगरिएको लोकल च्याप्टरहरुलाई २९ सिट विभाजित गरिदिनुमा डा पौडेलसमूहका धेरैले लोकल च्याप्टरमा अध्यक्ष जितेका र उनीहरु नै डेलिगेट बनाएर केन्द्रमा मतदान गराउन लैजाने योजनाले यो नयाँ लफडा झिकिएको बताइएको छ। पौडेल केन्द्रमा महासचिव पदमा उम्मेद्वारी दिने तयारीमा हुनुहुन्छ । अघिल्लो चुनावमा उहाँ अमेरिकाबाटै मत कम भएर पराजित हुुनुभएको थियो । प्रतिष्पर्धा टेक्सासका गौरी जोशी उम्मेद्वार बन्ने तयारीमा भएको र यी दुईको अस्वस्थ प्रतिष्पर्धा बढेकाले अमेरिकाको एनआरएनले थप किचलोमा पर्दै गएको छ।
प्रतिक्रिया दिनुहोस्