जनता टाइम्स

१५ असार २०७८, मंगलवार १४:४५

स्वघोषित अभियन्ता ज्वाला संग्रौलाको अर्काे अपराध पर्दाफास, जन्मदर्ता र बिवाहको प्रमाणपत्र नै नक्कली


काठमाडौं, असार १५ । स्वघोषित सामाजिक अभियन्ता ज्वाला संग्रौलाको जन्मदर्ताको प्रमाणपत्र नै कीर्ते गरेको पाइएको छ । प्रहरी चौकीभित्रै आक्रमण गरेको आरोपमा प्रहरी हिरासतमा रहेकी संग्रौलाको जन्मदर्ताको कागज खोज्दा किर्ते गरेको तथ्य प्रहरीले फेला पारेको हो ।

सामाजिक अभियन्ता बताउँदै धम्की दिने र समाजसेवाको नाममा असुलीमा लागेकी संग्रौलासहितको समूह केही समययता निकै विवादित बनेको छ । युवा नेतृ खुस्बु घिमिरेमाथि आक्रमण गरेपछि उहाँकै उजुरीमा संग्रौलासहितका पाँच जनालाई पक्राउ गरी प्रहरीले अनुसन्धान अघि बढाएको छ । सो क्रममा उनले पाँचथरको हिलिहाङ गाउँपालिकाबाट कीर्ते गरेर जन्म दर्ताको प्रमाणपत्र बनाएको पाइएको प्रहरीले जनाएको छ । संग्रौला लागयत थुनामा परेपछि प्रहरीले पाँचथरको हिलिहाङ गाउँपालिकालाई पत्र पठाएर उनको विवरण माग गरेको थियो । गाउँपालिकाले विवरण उपलब्ध गराउने क्रममा ज्वालाले किर्ते गरेर कागजात बनाएको जनाएको छ ।

वडाअध्यक्ष लक्ष्मीप्रसाद सुहाङले ज्वालाले लिएको अविवाहिताको प्रमाणित सिफारिस र जन्मदर्ताको प्रमाणपत्र किर्ते गरेर लिएको जानकारी दिनुभएको छ उहाँले भन्नुभयो ‘उनले हुँदै नभएको सचिवको हस्ताक्षरसहितको सिफारिस लिएको देखिएको छ । स्थानीय पञ्जिकाधिकारी श्यामबाबु रावल भन्ने नामको विवरण रहेछ’, उहाँले भन्नुभयो, ‘हाम्रोमा त्यो नामको सचिव अहिलेसम्म नै छैन ।’ महानगरीय प्रहरी परिसर काठमाडौंले १३ गते पत्र पठाउँदै संग्रौलाको विवरण उपलब्ध गराइदिन अनुरोध गरेको थियो ।

ज्वालाले हाल अस्तित्वमा नै नरहेको गाविस र हुँदै नभएको वडासचिवको हस्ताक्षरसहितको विवरण बनाएको देखिएको वडा सचिव नारायण प्रसाद ओझाले जानकारी दिनुभयो । सोही व्यहोरा सहितको विवरण प्रहरीलाई पठाइएको सचिव ओझाले बताउनुभयो ।