जनता टाइम्स

१५ असार २०७८, मंगलवार १६:१४

हजारौं शब्द भन्दा एउटै कार्टुन काफी, तपाईले के बुझ्नुभयो ?


मुलुकमा यतिबेला कांग्रेस सभापति शेरबहादुर देउवालाई संबिधान भन्दा बाहिर गएर प्रधानमन्त्री नियुक्त गर्नुपर्छ भन्ने माग जताततै उठाइएको छ । बहुदलीय ब्यवस्थाकै हुर्मत लिने गरी एमालेको सांसद देखाएर प्रधानमन्त्री दावी गर्ने र सोही दावीअनुसार अदालतमा मुद्दा हाल्ने काम देउवासतिह प्रचण्ड, माधव नेपालले गर्नुभएको छ । यतिबेला दिनदिनै कुनै न कुनै कार्यक्रम आयोजना गरी अदालतलाई प्रभाव पार्ने मात्रै होइन, धम्क्याउने, जसरी पनि मुद्धा जिताउनु पर्ने जस्ता तर्क बिपक्षी गठबन्धनले गरिरहेको छ । सवैजसो सरकार र प्रधानमन्त्री केपी शर्मा ओलीबिरुद्ध खनिएका छन ।

यही बेला राजधानी दैनिकमा कार्टुनिष्ट उत्तम नेपालको कार्टुन प्रकाशित भएको छ । जुन कार्टुले मुलुकको बर्तमान घेरावन्दी र सरकारले देखाएको साहसको बयान गर्दछ । हजारौं शब्दमा बर्णण गर्न नसकिने बिषयलाई नेपालको एउटै कार्टुनले बयान गरिदिएको छ । कार्टुनमा प्रधानमन्त्री ओलीले देउवा, प्रचण्ड र माधवलाई ढलाएको देखाएको छ । एक जनाले तीन जनालाई यसरी ढलाउने बिषय साधरणतया संभव हुन्न । तर सत्यको बाटोमा हिडेपछि असत्य जतिसुकै संख्यामा भए पनि पराजीत हुने निश्चित छ भन्ने प्रष्ट सन्देश यो कार्टुनले बोकेको छ । उत्तम नेपालको यो कार्टुनमा नेपालको यथार्थसँगै नेपाली प्रेसको अवस्थालाई पनि सहजै बुझाउने काम गरिएको छ ।
हेर्नाेस कार्टुन