जनता टाइम्स

१५ असार २०७८, मंगलवार २०:१७

रेडक्रसले गर्यो पूर्वअध्यक्ष संजीव थापाको सदस्यता खारेज, यस्तो छ कारण


काठमाडौं, असार १५ । नेपाल रेडक्रस सोसाइटीले पूर्वअध्यक्ष संजीव थापाको सदस्यता खारेज गरेको छ । आर्थिक अनियमिता गरेको प्रमाणित भएपछि असार १० गते बसेको रेडक्रस केन्द्रीय कार्यसमितिको बैठकले पूर्वअध्यक्ष थापाको सदस्यता खारेज गरिएको हो ।

रेडक्रस अध्यक्ष डा. नेत्रप्रसाद तिम्सिनाले थापालाई पत्र लेखेरसदस्यता खारेज गरिएको जानकारी गराउनु भएको छ ।
हेर्नाेस पत्र


यसअघि थापालाई स्पष्टिकरण सोधिएको थियो । अनियमिततामा किन कार्वाही नगर्ने भन्दै सोधिएको स्पष्टिरकणमा थापाले उल्टै धम्की दिनुभएको थियो ।