काठमाडौं, असार १६ । शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठले रुपा सुनार घटनामा माफी माग्नुभएको छ । राष्ट्रिय मानव अधिकार आयोग पुगेर मन्त्री श्रेष्ठले आफूले जातीइ भेदभावको पक्षमा वकालत नगरेको भन्दै घरभेटी छुटाउन गएको बिषयमा प्रष्टिकरण दिनुभएको हो ।
शिक्षामन्त्री श्रेष्ठसँग रुपा सुनार प्रकरणमा स्पष्टिकरण मागेको छ । मंगलबार कार्यालयमै बोलाएर आयोगले उक्त घटनामा श्रेष्ठसँग स्पष्टिकरण मागेको आयोगले जनाएको हो । आयोगले उनलाई आयोगको कार्यालयमा बोलाएर स्पष्टीकरण मागेको आयोगका प्रवक्ता समेत रहेका सहसचिव डा. टिकाराम पोखरेलले जानकारी दिनुभयो । पोखरेलका अनुसार आयोगले घटनाबारे एकैछिनमा प्रेस विज्ञप्ती जारी गर्ने तयारी गरिरहेको छ ।
तनहुँकी रुपा सुनारले थरकै आधारमा आफूलाई काठमाडौंको बबरमहलमा घरबेटीले कोठा नदिएको भन्दै सरस्वती प्रधान विरुद्ध महानगरीय प्रहरी वृत सिंहदरबारमा उजुरी दिएपछि पक्राउ गर्नुभएको थियो । सरकारी वकिलको कार्यालयले थप अनुसन्धान गर्नू भन्दै प्रधानलाई थुना मुक्त गर्न प्रहरीलाई आदेश दिएकै दिन प्रहरीबाट प्रधानलाई छुटाउन असार ९ गते शिक्षा मन्त्री कृष्णगोपाल श्रेष्ठ झण्डा सहितको सरकारी गाडी लिएर अनामनगर स्थित महानगरीय प्रहरी वृत्त सिंहदरबार पुग्नुभएको थियो । श्रेष्ठले प्रधानलाई आफ्नै गाडीमा हालेर घर पुर्याउनु भएको थियो । आयोगले सो बिषयमा स्पष्टिकरण लिएपछि मन्त्री श्रेष्ठले माफी मागेको बताइएको छ ।













प्रतिक्रिया दिनुहोस्