काठमाडौं, असार १६ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूबिरुद्ध लाग्ने आफ्नै दलका नेतादेखि बिपक्षीसम्मको षडयन्त्रबारे सबिस्तार जानकारी दिनुभएको छ । एमाले अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री ओलीले आजबाटै भंग भएको दशौं राष्ट्रिय ममहाधिवेशन आयोजक कमिटीको बैठकमा बोल्दै आफूबिरुद्ध को किन लागिरहेको छ भन्ने तथ्य राख्नुभएको हो ।
बैठकमा सहभागी एक नेताले जनताटाइम्सलाई दिएको जानकारीअनुसार प्रधानमन्त्री ओलीले नेकपा एकता गरेलगत्तै पार्टीभित्रैबाट पदीय आकांक्षाका लागि असाधारण अस्वस्थता सुरू भएको र सरकारले राम्रो काम गरेकै कारण आफूबिरुद्ध गम्भीर षडयन्त्रका तानावाना बुनिएको तथ्य राख्नुभयो । बैठकलाई सम्बोधन गर्दै ओलीले पार्टीभित्र अस्थिरता पैदा गर्ने कार्यमा केही व्यक्तिहरू जालझेल, षडयन्त्र, तिकडमका साथ गुटबन्दीमा क्रियाशिल भएको र त्यो षडयन्त्र बिपक्षी दलका नेताको पाउमा पुर्याएर मुलुक र जनताको भविश्य बर्वाद पार्ने अभियान बनेको बताउनु भयो ।
‘पार्टीभित्रका केही नेताहरुमा देखिएको पदीय आकांक्षाको अस्वस्थ खेल अहिले त्यो खेल विरोधीहरुसँगको साँठगाठमा प्रवेश गरेको छ, जुन खेल देश बनाउने होइन, संबिधानको रक्षा गर्ने पनि होइन, मुलुक बर्वाद पार्ने अभियानका साथ भइरहेको छ,’ प्रधानमन्त्रीको भनाई उधृत गर्दै ती नेताले जनताटाइम्ससँग भने । ती नेताका अनुसार बैठकमा प्रधानमन्त्री ओलीले सरकारले देश र जनताको पक्षमा दृढताका साथ काम गरेपछि आफूहरुको उचाई घटेको महसुस गर्दै आफूबिरुद्ध लागेको दर्जनौं प्रमाण पेश गर्नुभयो ।
‘सरकार बनेको दुई वर्षपछि पार्टीभित्र असाधारण अस्वस्थता सुरू भयो, पदीय आकांक्षाका लागि निकै तल्लो स्तरमा गिरेर आफ्नै पार्टीका नेताहरु लागे,’ प्रधानमन्त्री ओलीको भनाई उधृत गर्दै ती नेताले भने, ‘अस्वस्थ्य पदीय आकांक्षाका लागि । जालझेल, षडयन्त्र, तिकडमबाट, पार्टीभित्रको अस्वस्थ्य गुठबन्दीबाट अस्थिरता पार्टीमा पैदा गर्न केही तत्वहरु पार्टीभित्र क्रियाशिल भए, त्यसले पार्टीभित्र असहज वातावरणतर्फ लग्यो । २ बर्ष पूरा भइसकेपछि पर्टीभित्रैबाट राजीनामा माग्न हतारो । अरुको अविश्वास प्रस्ताव राख्ने हैसियत नभएको स्थितिमा राजीनामाको बबण्डर मच्चाउन खोजियो । अस्थिरता ल्याउने खेल सुरू भयो । त्यो खेल अब विरोधीहरूसँगको साँठगाठमा गयो । जे भेटिन्छ त्यसको प्रयोग गर्ने । जे प्रयोग गरेर झटारो हान्न सकिन्छ, पार्टीलाई कमजोर पार्न सकिन्छ त्यो गर्ने । यस खालका प्रयास हुदै आए ।’
पदीय आकांक्षाको अस्वस्थ खेलकै परिणाम पार्टीभित्रैको एक समूहले पार्टी कब्जा गर्ने उद्देश्य साथ आफूलाई साधारण सदस्यता पनि नरहने गरी निष्कासन गरेको स्मरण प्रधानमन्त्रीले गर्नुभएको थियो । ऐतिहासिक रुपमा अभूतपुर्वक ढंगले विकास निर्माणको गतिलाई अघि बढाएका कारण सरकार जनतामा लोकप्रिय हुँदै गएको पनि उहाँले जानकारी दिनुभयो । ‘योजनावद्ध दृष्टिकोणसहितको विकासको तीव्र आकांक्षा र त्यस आकांक्षालाई व्यवहारमा परिणत गर्ने हाम्रो प्रतिबद्धता र तदनुसारको क्रियाकलापहरूले हाम्रो पार्टी झन बढी लोकप्रिय हुदै अगाडि बढिरहेको छ,’ प्रधानमन्त्री ओलीको भनाई थियो ।
प्रधानमन्त्री ओलीले कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको बिपक्षी गठबन्धन प्रचण्डको योजनाअनुसार खतरनाक बाटोतिर हिडेको तथ्य पनि खोल्नुभयो । बैधानिक संरचनामाथि धावा बोलेर मुलुकलाई कहिल्यै उठन नसक्ने गरी भडखालोमा हाल्ने प्रचण्डको योजनाबारे आफू जानकार रहेको जनाउ पनि प्रधानमन्त्री ओलीले दिनुभएको छ ।
प्रतिक्रिया दिनुहोस्