काठमाडौं, असार १६ । नेकपा एमालेका उपमहासचिव तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले असार १८ गते बोलाइएको केन्द्रीय कमिटीको बैठकमा वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका नेताहरू उपस्थित हुने बताउनुभएको छ ।
एमालेले २०७५ जेठ २ गते अघि रहेको पार्टी केन्द्रीय कमिटी ब्यूँताएको अवस्थामा सबै नेताहरू तत्कालिन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बन्नुपूर्वको हैसियतमा बैठकमा सहभागी हुनसक्ने प्रष्ट पार्नुभएको हो । मन्त्री पौडेलले नेपाल पक्षीय नेताहरू बैठकमा नआउनु अनुचित हुने तर्क पनि गर्नुभयो ।
‘केन्द्रीय कमिटीको बैठकमा आउनका लागि उहाँहरूले अप्ठ्यारो मान्नुपर्ने कुनै कारण छैन । आजका मितिदेखि कारबाहीका प्रशंग पनि सकियो । र स्वभाविक रूपमा पूर्वहैसियत, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भन्दा अगाडिको अवस्थाबाट, अगाडिको पदीय हैसियतका साथ बैठकमा सहभागी हुन आव्हान गरिसकेपछि त्यो बैठकमा नआउनु सर्वथा अनुचित हुन्छ । त्यसकारणले म आशा गर्छु, उहाँहरू आउनुहुनेछ,’ पौडेलले भन्नुभयो ।
एमालेले आज दशौँ महाधिवेशन आयोजक कमिटीलाई भंग गरी २०७५ साल जेठ २ गतेको अवस्थामा रहेको केन्द्रीय कमिटी ब्युँताएको छ । सो केन्द्रीय कमिटीको बैठक असार १८ गते शुक्रवार बोलाइएको छ ।













प्रतिक्रिया दिनुहोस्