काठमाडौं, असार १७ । मनसुनी वायुका कारण बागमती र गण्डकी प्रदेशका धेरै ठाउँमा भारी वर्षा भएको छ । मौसम पूर्वानुमान महाशाखाले यी दुई प्रदेशमा बुधबार रातीदेखि भारी वर्षा भइहरेको जनाएको छ । महाशाखाका अनुसार केही ठाउँमा चट्याङसहित वर्षा हुने सम्भावना रहेकाले सतर्क हुन आग्रह गरिएको छ ।
यस्तै प्रदेश १, लुम्बिनी लगायतका ठाउँमा पनि वर्षा भइरहेको छ । मनसुनी वायुका कारण वर्षा अझै केही दिन जारी रहने भएकाले बाढी तथा पहिरोको जोखिम रहेकाले सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।
प्रतिक्रिया दिनुहोस्