जनता टाइम्स

१७ असार २०७८, बिहीबार ०८:४७

एकाबिहानै छलफलमा जुटे एमाले कार्यदलका नेता, यसरी हुँदैछ सहमतिको विन्दु पहिचान


काठमाडौं, असार १७ । पार्टीभित्रको बिवाद हल गरी सहमतिको विन्दु पहिचान गर्न एमाले कार्यदलका नेताहरु बिहानैबाट जुटेका छन । पार्टीलाई २०७५ जेठ २ मा फर्काउने घोषणा गरेसँगै कार्यदलका नेताहरुले छलफल तीब्र बनाउनु भएको हो ।

एमालेले दशौं महाधिवेशन आयोजक कमिटी भंग गरेसँगै हिजोबाट बैठकमा जुटनुभएका नेताहरु आज बिहानै पुनप् छलफलमा जुटेका हुन । कार्यदलको बैठक आज बिहान ८ बजेबाट पुनः सुरु भएको छ । एमाले सचिव भीम आचार्यका अनुसार आज बिहान ८ बजे नै दुवै पक्षको कार्यदलका सदस्यहरु होटल समिटमा पुगिसक्नुभएको छ ।

‘हिजो बेलुका ९ बजेसम्म बसेर छलफल गर्‍यौं । बिहान आठ बजेदेखि नै हामी फेरि छलफलका जुटेका छौं,’ आचार्यले भन्नुभयो, ‘कुरो अड्किन्छ कि फुक्छ भन्ने कुरा यो छलफलपछि भन्न सकिन्छ ।’ एमालेले हिजो दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटीलाई भंग गर्दै केन्द्रीय कमिटीलाई यथावत राख्ने निर्णय गरेको थियो । यससँगै एमालेमा २०७५ जेठ २ गते कायम रहेका पदाधिकारी र सदस्यहरुको बहाली भएको छ ।

माधव नेपाल समुहले जेठ २ मा फर्काउने बटमलाइन राखेपछि सहमतिका लागि हदैसम्मको लचकता अपनाई अध्यक्ष केपी शर्मा ओलीले पार्टीको सवै तहका संरचनालाई २०७५ जेठ २ मा फर्काउने निर्णय लिनुभएको हो । ओलीको सो निर्णयपछि माधव समुह दवावमा परेको छ भने एकताका लागि प्रयाशरत नेताहरु सहमतिको बिन्दु पहिल्याउन जुटनु भएको छ ।