जनता टाइम्स

१७ असार २०७८, बिहीबार १४:११

असार २२ देखि भेरोसेल खोपको दोस्रो डोज : यी हुन काठमाडौंका खोप केन्द्र (सूचीसहित)


काठमाडौं, असार १७ । सरकारले चिनियाँ खोप ‘भेरोसेल’को पहिलो मात्रा खोप लगाएकालाई असार २२ देखि दोस्रो मात्राको खोप लगाउने समय तोकेको छ । कोभिड १९ विरूद्धको दोश्रो चरणको खोप अभियान अन्तर्गत भेरोसेलको दोश्रो मात्रा खोप असार २२ गतेदेखि २४ गतेसम्म लगाइने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

भेरोसेल खोपको पहिलो मात्रा लगाएका काठमाडौंका ६० वर्ष माथिका नागरिकहरुले असार २२ देखि २४ गतेसम्म दोस्रो मात्राको खोप लगाउन पाउने भएका छन । गत जेठ २५ देखि देशैभरमा ६० वर्ष माथिका नागरिकहरुलाई भेरोसेलको पहिलो डोजको खोप लगाएको थिए । भेरोसेल खोपको दोश्रो मात्रा बिहान १० बजे देखि दिउँसो ४ बजेसम्म जनस्वास्थ्यका मापदण्ड पूर्ण पालना हुने गरी लगाईने निर्देशनालय स्वास्थ्य कार्यालयले जनाएको छ । चीनले १० लाख डोज खोप उपलब्ध गराएलगतै प्राथमिकताको आधारमा खोप वितरण गरेको हो ।

खोप लगाउनको लागि काठमाडौं महानगरपालिकामा १३ वटा खोप केन्द्र तोकेको छ । खोम महाशाखाका प्रमुख डा. झलक शर्मा गौतमले जनताटाइम्सलाई दिनुभएको जानकारी अनुसार उपत्यकाको तीनवटै जिल्लामा गरी ३२ ओटा खोप केन्द्र निर्धारण गरिएको छ । ती केन्द्रबाट पहिलो डोज भेरोसेल खोप लगाएको कार्ड लिएर जाने सवैलाई दोस्रो डोजको खोप लगाइने गौतमले जानकारी दिनुभयो ।

यी हुन् काठमाडौंका खोप केन्द्र