काठमाडौं, असार १८ । संबिधान भन्दा बाहिर गएर सर्वाेच्च अदालतबाटै प्रधानमन्त्री हुने सपना बुनेर बस्नुभएका कांग्रेस सभापति शेरबहादुर देउवामाथि चोरी र अपहरणकारीको आरोप लागेको छ । देउवाले आफू प्रधानमन्त्री बन्न एमाले सांसदहरुको हस्ताक्षर चोरी गरेको भन्दै संबैधानिक इजलाशमा एक कानून ब्यवसायीले देउवामाथि चोरी र अपहरणकारीको आरोप लगाउनु भएको हो ।
प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दाउपर संवैधानिक इजलासमा सुनुवाइ जारी छ । आज सरकारी पक्षका कानून व्यवसायीको बहस सकिँदैछ । बहशकै क्रममा अधिवक्ता भोजराज आचार्यले कांग्रेसका सभापति देउवाले नेकपा एमालेको चुनाव चिन्ह सूर्यलाई अपहरण गरेको आरोप लगाउनु भयो । प्रधानमन्त्री बन्नका लागि देउवाले बुझाएको सूचीमा एमाले सांसदहरूको नाम पनि समावेश भएको र त्यसो गरिनु बौद्धिक चोरी भएको आचार्यको जिकिर थियो ।
‘सूर्य चिन्ह एमालेको ब्राण्ड हो । एमालेको ट्रेड मार्क हो । देउवाले एमाले सांसदको हस्ताक्षर र एमालेको ब्राण्ड दुरुपयोग गर्नुभएको छ । यो बौद्धिक चोरी हो । अपहरण हो श्रीमान,’ बहशका क्रममा आचार्यले भन्नुभयो, ‘देउवाले सांसदको हस्ताक्षर र एमालेको ब्राण्ड ट्रेड मार्क सूर्य चिन्हको बौद्धिक चोरी गरियो । अपहरण गरियो ।’













प्रतिक्रिया दिनुहोस्