जनता टाइम्स

३० जेष्ठ २०७६, बिहीबार १३:५२

सांघाई सहयोग संगठनको सम्मेलनमा भाग लिन बिस्केक पुगे भारतीय प्रधानमन्त्री मोदी


नयाँ दिल्ली, जेठ ३०

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी कजाकिस्तानको राजधानी बिस्केक जानुभएको छ । उहाँ साङ्घाई सहयोग संगठन (एससीओ) को सम्मेलनमा भाग लिन त्यहाँ जानुभएको भारतीय विदेश मन्त्रालयले आज जनाएको छ । भारतीय प्रधानमन्त्री मोदी गत महिना मात्र दोस्रो पटक भारतको प्रधानमन्त्रीमा नियुक्त हुनुभएको थियो ।

उहाँ एससिओ सम्मेलनमा पनि दोस्रो पटक भाग लिन लाग्नुभएको थियो । गत वर्ष चीनमा सम्पन्न यस सम्मेलनमा पनि प्रधानमन्त्री मोदी जानुभएको थियो । भारतीय जनता पार्टीको नेतृत्व गर्दै गत आमनिर्वाचनमा पुनः सफल हुनुभएका प्रधानमन्त्री मोदीका कारण विश्वव्यापी रुपमा भारतको उपस्थिति बलियो देखाउने अवसर प्राप्त हुने विदेश मन्त्रालयले जनाएको छ ।

एससिओको शिखर सम्मेलनका अतिरिक्त प्रधानमन्त्री मोदीले केही देशका राष्ट्र प्रमुखहरुसँग द्विपक्षीय हितका विषयमा छलफल गर्नुभएको छ ।