काठमाडौं,
नेपाल र चीनसँगको हवाई सम्झौता यही साउन ७ र ८ गते पुनरावलोकन हुने भएको छ। नेपाल भ्रमण वर्ष२०२० लाई लक्षित गर्दै हवाई सम्झौता पुनरावलोकन गर्न लागेको हो ।
बेइजिङ वार्ताबाट सन् २०१४ मा भएको पछिल्लो हवाई सम्झौताको पुनरावलोकन हुन लागको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जानकारी दिएको छ । अहिले चीन र नेपाल सरकारका बीचमा द्विपक्षीय वार्ता भई हवाई सम्झौता पुनरावलोकन हुन लागेको छ।
चीनसँगको सन् २०१४ मा भएको सम्झौतामा नेपाल र चीनबीच सातामा ५६÷५६ उडान गर्न सकिने उल्लेख छ। यो सहमतिबाट बढाएर सातामा ७० उडान पुर्याइएको छ।
नेपाल र चीनबीच भएको पछिल्लो सम्झौताअनुसार चीनबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा मात्र विमान आउन पाउँछन् अबको सम्झौतामा सबै विमानस्थलमा उडान गर्न पाउने गरी सम्झौता हुने बताइएको छ ।
मन्त्रालयले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई समेत प्राथमिकतामा राख्दै चीनका सबै सहरमा उडान गर्न पाउने गरी सम्झौता हुनसक्ने बताइएको छ ।
अहिले चीनबाट ५ वटा वायुसेवा कम्पनीले नेपालमा उडान गरिरहेका छन्। तर नेपालबाट कुनै पनि कम्पनीले उडान भर्नसकेका छैनन् ।
प्रतिक्रिया दिनुहोस्