जनता टाइम्स

२० असार २०७८, आईतवार १०:२६

जो पार्टीको पक्षमा बोलिरहेको छैन, त्यो नेता-कार्यकर्ता होइन : प्रधानमन्त्री ओली (भिडियोसहित)


काठमाडौं, असार २० । एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीको पक्षमा नबोल्ने मानिस पार्टीको नेता कार्यकर्ता नभएको प्रष्ट पार्नुभएको छ ।

केन्द्रीय कमिटी बैठकमा बोल्दै अध्यक्ष ओलीले पार्टीको नेता हुनका लागि पार्टीको पक्षमा बोल्नैपर्ने बटमलाइन सुनाउनु भयो ।
प्रधानमन्त्री ओलीले पार्टीको बिपक्षमा बोल्ने अनि पार्टीकै नेता हुँ भन्ने कुरा कसैलाई स्वीकार्य नहुने प्रष्ट पर्नुभयो ।

‘सर्वोच्चको फैसलासम्म जसको हस्ताक्षर देउवाको पक्षमा रहन्छ, ती एमाले होइनन, एकताअघि २०७५ जेठ २ मा फर्किएको भनेको यही हो, अब जो आउँदैनन, उनीहरुलाई पर्खिइन्नँ, प्रधानमन्त्री ओलीले भन्नुभयो ।