जनता टाइम्स

२० असार २०७८, आईतवार १४:५७

क्रियाशील सदस्यता छानबिन समितिको प्रवक्तामा प्रदीप पौडेललाई जिम्मेवारी


काठमाडौं, असार २०

नेपाली कांग्रेसको क्रियाशील सदस्यता छानबिन समितिले प्रदीप पौडेललाई प्रवक्ता तोकेको छ । कांग्रेस केन्द्रीय सदस्य एवं क्रियाशील सदस्यता छानविन समितिका सदस्य पौडेललाई प्रवक्ताको जिम्मेवारी दिइएको हो । क्रियाशील सदस्यताबारे आम चासो बढेकोले सञ्चारमाध्यमसँग आवश्यक समन्वय गर्ने जिम्मेवारीसहित पौडेललाई प्रवक्ता बनाइएको हो ।

समितिका कामकारवाहीबारे औपचारिक धारणा सार्वजनिक गर्न पौडेललाई प्रवक्ताको जिम्मेवारी दिइएको समितिद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

रमेश लेखक संयोजक रहेको छानबिन समितिमा पौडेलसहित आनन्द ढुंगाना, श्याम घिमिरे, जीवन परियार, कल्याण गुरुङ र योगेन्द्र चौधरी सदस्य छन् । समितिले असार मसान्तभित्र सदस्यता छानविन टुंग्याएर केन्द्रीय समितिलाई अन्तिम सूची बुझाउने बताएको छ । महाधिवेशन कार्यतालिकामा भने छानविन समितिलाई आजसम्मको म्याद दिइएको थियो ।