जनता टाइम्स

२१ असार २०७८, सोमबार १७:१४

म्याद सकिएको एटीएम कार्डबाट ३४ लाख झिक्ने २ जना पक्राउ


काठमाडौं, असार २१

काठमाडौंमा म्याद सकिएको एटीएम कार्ड प्रयोग गरेर ३४ लाख ३५ हजार रुपैयाँ झिकेको पाइएको छ । प्रहरीले उक्त घटनामा संलग्नको आरोपमा सोलुखुम्बु घर भई भत्केको पुल बस्ने जगतबहादुर गुरुङ र पर्सा घर भई भत्केको पुल बस्ने सावित्री गुरुङलाई पक्राउ गरेको छ ।

उनीहरुले म्याद सकिएको एटीएम कार्ड प्रयोग गरेर सिद्धार्थ बैंकको विभिन्न एटीएम मेसिनबाट रकम निकालेको प्रहरीले जनाएको छ । उनीहरुले झिकेको रकममध्ये प्रहरीले २१ लाख रुपैयाँ फेला पारेको छ । निजको साथवाट २१ लाख वरामद भएको प्रहरीले जनाएको छ ।