नेदरल्याण्ड, जेठ ३०
नेदरल्याण्डमा नेपाली भाषी इञ्जिनियरहरुको संस्था गठन हुने भएको छ । पानीमुनिको देश भनेर चिनिने नेदरल्याण्ड (हल्यान्ड) मा इतिहासमै पहिलो पटक अती ब्यस्त शहर युत्रेख्तमा आगामी २३ जुनमा नेपालीभाषी इन्जिनियर्स एसोसिएसन गठन हुन लागेको हो ।
करीब एक करोड सत्तरी लाख जनसंख्या रहेको हल्याण्डमा नेपाली तथा भुटानी समुदायको संख्या अत्यन्त न्युन रहेको छ । बिभिन्न कारणले नेपाली हरु बिदेशिने परम्पराले पचासौं बर्ष पार गरेता पनि हल्याण्डमा स्थायी वा अस्थायी बसोबास गर्ने क्रम सन २००२ र २००६ कै बिचमा भएको अनुमान लगाइएको छ । तर जानकारहरु अनुसार छोटो अवधीभित्रै नेपालीहरु अती सम्पन्न र ब्यबस्थित बसोबासको हैसियत राख्ने अवस्थामा पुगेका छन ।
सानो समुदायभित्रै पनि अती प्रतिस्प्रधात्मक रुपमै बिभिन्न संघ संथा तथा संगठनहरुको उत्पादन गर्ने देशहरुको सुचिमा भने यहाँको नेपाली समुदायले सम्पूर्ण देशहरुलाई पछाडि पारेका छन । यी सत्यताका बावजुद नेदरल्याण्डमा नितान्त गैर राजनातिक तथा बिसुद्ध पेशासंग सम्बन्धित यहाँका शैक्षिक क्षेत्रलाई लक्षित गरी गठन गर्न लागिएको प्राविधीक तथा बौद्दिक बर्गहरुको संगठन भने यो पहिलो हो ।
दर्जनौ संघ संस्थाको उपस्थितीको बाबजुद शैक्षिक तथा बौद्दिक क्षेत्रलाई नेपाली समुदायको मुलधारमा ल्याउन यहाँका जिम्मेवार संगठनहरु असफल रहेका गुनासाहरु यदाकदा सुनिदै गर्दा गठन हुन गइरहेको नेपाली भाषी इन्जिनियर्स एसोसिएनको चर्चा भने नितान्तै अलग तथा सकारात्मक ढंगले हुन थालेको छ ।


युरोपको अमेरिका भनेर चिनिने सानो देश नेदल्याण्ड शिक्षा क्षेत्रमा विश्व कै अग्रपंक्तिमा रहेको कुरा हालैका अनुसन्धानले समेत देखाएका छन । यहाँ रहेका जम्मा १३ वटा विश्वबिद्यालयमध्ये १२ बिश्व विद्यालयहरु विश्वविख्यात नै मान्निन्छन । जसअनुसार बिभिन्न संकायमध्ये एरो स्पेस इन्जिनियरिङ्ग, सिभिल इन्जिनियरिङ्ग, मेकानिकल तथा आर्किटेक्र्च इन्जिनियरिङ्ग भने विश्वकै सबैभन्दा अगाडि रहेर दुवइ, सिङापुर निर्माणदेखि अन्तरिक्षमा जाने हैसियत राख्दछन । बिश्वबिख्यात बैज्ञानिक आइन्स्टाइनले नेदरल्याण्डबाटै बिज्ञान पत्ता लगाएका थिए ।
हालैको सरकारी तथ्यांक अनुसार युरोप तथा युरोप बाहिरका १७० देश बाट ८५,९५५ जना अन्तरराष्ट्रिय बिद्यार्थीहरु यहाँका प्रमुख युनिभर्सिटीहरुमा अध्ययनरत छन । तर नेपाली बिद्यार्थीहरुको संख्या भने न्युन तथा बढ्दो रहेको तथ्य हालैको अनुसन्धानले देखाएको छ ।
सानो नेपाली भाषी समुदायमा अत्यन्त फरक शिक्षा नितिका कारण नयाँ पूस्तालाइ यस क्षेत्रको सरल तथा सफल प्रवेशका संभावनाको खोजी आजको आवश्यकता रहेको र समाजलाई समेत फरक ढंगले सचेत गराउने उद्देश्य अनुरुप बिद्याबराधी प्राप्त नेपाली तथा नेपाली भाषी भुटानी समुह समेतको संलग्नतामा एसोसिएसन गठन हुन लागेको द हेगबाट हेमकुमारले जानकारी दिनुभयो । यो संस्था स्थापनाकालागि उहाँले नै सक्रियता लिनुभएको हो ।













प्रतिक्रिया दिनुहोस्