काठमाडौं, असार २२ । एमाले उपाध्यक्ष पार्टीको विवाद समाधान कार्यदलका सदस्य डा. भीमबहादुर रावलले एमालेभित्रको बिवाद मिल्ने तथ्य खोल्नुभएको छ । आजको बैठकमा निकै गहन ढंगले विवाद समाधानका लागि कार्यदल प्रवेश गरेको भन्दै बिवाद मिल्ने तथ्य खोल्नुभएको हो ।
आजको कार्यदल बैठकपछि पत्रकारहरूसँग कुरा गर्दै उपाध्यक्ष रावलले एमालेलाई सहमतिका साथ अघि बढाउन तयार भएर कार्यदलले काम सुरू गरेको बताउनुभयो । ‘एमालेलाई सहमतिका साथ अघि बढाउन सहमत भयौं,’ रावलले भन्नुभयो । छलफलमा कार्यदलका सबै सदस्यले विवाद साधानका बारेमा आआफ्नो दृष्टिकोण राखेको र भोलिको बैठकमा त्यसपछि पनि समिक्षा हुनेर सहमतिको कार्ययोजना बन्ने बताउनुभयो ।
‘हामीले बैठकमा अदालतबाट नेकपा एमाले पुनःस्थापित भएको परिप्रेक्षमा कसरी अघि बढ्ने भनेर संगठनात्मकदेखि व्यवहारिक विविध विषयमा कुरा गर्यौं, छलफल निकै सकारात्मक रह्यो,’ रावलले भन्नुभयो । बरिष्ठ नेता माधव नेपाल समुहको तर्फबाट कार्यदल संयोजकसमेत रहनुभएका उपाध्यक्ष रावलले अध्यक्ष केपी शर्मा ओलीसँग लामो छलफल गरेपछि बिवाद मिलाउने भुमिकामा हुनुहुन्छ । रावलकै कारण बरिष्ठ नेता नेपाल सोमवारको बिपक्षी गठबन्धनको बैठकमा नगएपछि प्रचण्डले आज घरमै पुगेर धम्क्याउनसमेत पछि पर्नुभएन ।
नेकपा एमालेको बिवादमा अध्यक्षबिरुद्ध नेतृत्व भएका रावल अध्यक्षसँगको छलफलपछि पार्टी एकता जोगाउन सकिने र अध्यक्ष ओली इमान्दारीताका साथ प्रस्तुत भएको निश्कर्षमा हुनुहुन्छ ।













प्रतिक्रिया दिनुहोस्