काठमाडौं, असार २३ । सत्तारुढ नेकपा एमालेमा रहेका पूर्वमाओवादी केन्द्रका नेताहरूले नेकपा माओवादी केन्द्र खारेजीको माग राख्दै रिट हाल्ने तयारी गर्नुभएको छ ।
एमालेमा रहेका पूर्व माओवादी नेताहरु रामबहादुर थापा, मणि थापा, टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह लगायतले रिट दिने तयारी गर्नुभएको हो । माओवादी केन्द्र वैधानिक छैन। ५ वर्षमा महाधिवेशन हुनुपर्ने हो तर हुन सकेको छैन, त्यसैले माओवादी केन्द्रको दल दर्ता खारेजीको माग राख्दै रिट दिने तयारी गरेका छौं, माओवादी केन्द्रको कमिटी पनि अवैधानिक छ, तयारीमा रहेका एक नेताले जनताटाइम्ससँग भने ।
माओवादी केन्द्रको महाधिवेशन २०७१ जेठमा भएको थियो। त्यसयता महाधिवेशन हुन सकेको छैन। २०७५ जेठ ३ गते एमाले र माओवादी एकता भएको थियो। एमाले र माओवादी एकता भएर गठन भएको नेकपालाई २०७७ फागुन २३ गते सर्वोच्च अदालतले खारेज गरिदिएको थियो। नेकपाको एकता खारेज भएपछि थापा,भट्ट लगायतका नेताहरुले एमाले रोज्नुभएको छ ।













प्रतिक्रिया दिनुहोस्