काठमाडौं, असार २३ । राष्ट्रिय सभाको बैठकमा एमाले सांसद कोमल वलीले वाचन गर्नुभएको कविता यतिबेला निकै भाइरल बनेको छ । बाँदरको घर हुँदैन, बाँदरको थर हुँदैन भन्दै वलीले राष्ट्रिय सभामा प्रस्तुत गर्नुभएको कवितालाई लिएर सामाजिक सञ्जाल तातेको छ । नेकपा एमालेको बिषयलाई लिएर बाचन गरिएको सो कवितामाथि एमाले बरिष्ठ नेता माधवकुमार नेपाल समुह खनिएको छ ।
क्रिया र प्रतिक्रिया आउने क्रम जारी नै छ । यही क्रममा हास्य कलाकार मनोज गजुरेलले पनि कविताबाटै वलीको कवितामाथि टिप्पणी गर्नुभएको छ । उहाँको कवितामा ब्यंग्य रहेको छ । वलीले ‘बाँदरको जमात र अमृतपानको सपना’ नामको कविता सुनाउनु भएको थियो । जसमा बाँदर छेपारा जस्ता शब्द प्रयोग भएका छन ।
यस्तो छ वलीको कविता
बाँदरको जमात र अमृतापनको सपना
बाँदरहरूको आफ्नो देश हुँदैन, बाँदरहरूको आफ्नो निश्चित भेष हुँदैन ।।
छेपाराजस्ता मौसमी रङ बदल्ने बाँदरहरूको स्थायी परिवेश हुँदैन ।।
कहिले मिलेका छन, कहिले फुटेका छन ।।
ईर्या भट्टीमा आफैंलाई भुटेका छन ।।
आँखाभरी लोभ पापको पिपासा बोकेर आजकाल बेवारिसे बाँदरहरू विनाशाको मेलामा जुटेका छन ।।
अलिकति चेतना भएको भए हामी र हाम्रो भन्न सक्थे ।।
हालेको जग बचाएको भए सुन्दर घरबास बन्न सक्थे ।।
आखिर बाँदर न हुन, भोलिको प्रतीक्षा कहाँ गर्न सक्छन ।।
आफ्नै बासमा आगो फुकेर भागाभाग छ आज यीनको ।।
बाँदरहरू खेती गदैनन, बाली विनास गर्छन ।।
कहिले ढेडुहरूसँग मिल्छन, कहिले गोइलानहरुसँग मिल्छन ।।
कर्मको कुटो नलगाउने यी बाँदरहरू अमृतपान गर्ने सपना देख्छन ।।
बाँदरहरूको निश्चित देश हुँदैन, बाँदरहरूको निश्चित भेष हुँदैन ।।
छेपाराजस्ता रंग बदल्ने बाँदरहरूको स्थायी परिवेश हुँदैन ।।
सांसद वलीको कवितामाथि कविताबाटै मनोजले टिप्पणी गर्नुभएको हो । त्यस कविताबारे सामाजिक सञ्जालमा पक्ष र विपक्षमा प्रतिक्रिया आइरहँदा हाँस्य कलाकार गजुरेलले पनि कवितावाटै प्रतिकृया दिनुभएको हो । गजुरेलले कविताको शीर्षक दिनुभएको छ :
कोमल कविताविरुद्ध कठोर कविता !
कोमल कविता
बाँदरहरूको देश हुँदैन
ढेडुहरूको भेष हुँदैन
कुकुरहरूको बेस हुँदैन
भुतहरूको फेस हुँदैन
कठोर कविता
छेपारेहरूको रंग हुँदैन
चेपारेहरूको ढंग हुँदैन
मूर्तिहरूको अंग हुँदैन
फूर्तिहरूको रंग हुँदैन













प्रतिक्रिया दिनुहोस्