जनता टाइम्स

२३ असार २०७८, बुधबार १८:१३

पूर्वमाओवादी नेताले निर्वाचन आयोगमा बुझाए माओवादी पार्टी खारेज गर्नैपर्ने आधार, यी हुन १२ प्रमाण


काठमाडौं, असार २३ । नेकपा एमालेका नेता रामबहादुर थापा बादलसहितका नेताहरुले माओवादी पार्टी अवैधानिक रहेको १२ वटा आधार पेश गर्नुभएको छ । निर्वाचन आयोगमा बादलसहितका पूर्वमाओवादी नेताहरुले २०६९ सालपछि माओवादी केन्द्रको कुनै पनि महाधिवेशन नभएको, विधानविपरित केन्द्रीय सदस्य थप गर्दै गएकोलगायतका आधारहरू पेश गर्नुभएको हो ।

बादलसहितका नेताहरुको तर्फबाट अधिवक्ता सरोज बुढाथोकीले पेश र्नुभएको निवदेनमा माओवादी पार्टीले विधान विपरित विभिन्न समयमा केन्द्रीय सदस्य थप गर्ने र महाधिवेशनतिर पार्टीलाई लैजाने कुनै छनक पनि नदेखाएको उल्लेख छ । नेकपा बिघटनपछि एमालेतिरै रहनुभएका माओवादी नेताहरू बादल, लेखराज भट्ट, टोपबहादुर रायमाझी, मणी थापा, प्रभु साह लगायतका नेताहरू निवेदन दर्ता गर्न निर्वाचन आयोग पुग्नुभएको थियो । आयोगले निवेदन दर्ता भएको जानकारी दिएको छ ।

यस्तो छ आधार