काठमाडौं, असार २३ । प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता नेपालबीचको बार्तामा सघाउन एमाले महासचिव इश्वर पोखरेल र उपाध्यक्ष भीम रावल पनि मेरियट होटल पुग्नुभएको छ । दुई नेताबीच बार्ता सुरु भएलगत्तै महासचिव पोखरेल र उपाध्यक्ष रावल मेरियट होटल पुग्नुभएको हो ।
अध्यक्ष ओली र बरिष्ठ नेता नेपालबीचको भेटवार्ता अहिले होटल मेरियटमा जारी छ ।
उहाँहरूकै भेटवार्ताकै क्रममा पार्टी उपमहासचिव विष्णु पौडेल र स्थायी समिति सदस्य सुरेन्द्र पाण्डे यसअघि नै मेरियट पुग्नुभएको थियो । एमालेका दोस्रो तहका नेताहरु उहाँहरूले सहमतिको ड्राफ्ट लिएर जानुभएको बताइएको छ । नेताहरूले लगेको ड्राफ्टमा अध्यक्ष एवं प्रधानमन्त्री ओली र नेता नेपालले हरेक बुँदामा छलफल गरेर टुंगोमा पुग्ने योजना छ ।













प्रतिक्रिया दिनुहोस्