जनता टाइम्स

२३ असार २०७८, बुधबार २०:३८

तीन दिन देखि बेपत्ता बालकको भेटियो शव, कानमा लगाएको सुन भेटिए पनि छैन चाँदिको बाला


कैलाली, असार २३

कैलालीको टीकापुर नगरपालिका–१ ब्लक नं–८ बाट सोमबार बेपत्ता बालकको शव फेला परेको छ । स्थानीय दिलिप बिस्टका करिब ३ वर्षका छोरा विवेक बिस्ट सोमबार ११ बजे घर नजिकैबाट बेपत्ता भएका थिए । आज साँझ टिकापुर नगरपालिका–४ बागमारा स्थित जमरा कुलाको किनारमा बालकको शव फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ ।

पानीमा डुबेको अवस्थामा शव फेला परको थियो । बालकले कानमा लगाएको सुन भेटिए पनि चाँदिको बाला फेला नपरेको इलाका प्रहरी कार्यालय टिकापुरका प्रहरी नायव उपरीक्षक प्रकाश सापकोटाले जानकारी दिनुभयो । घटनाको छानबिन गर्न जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी निरीक्षक विश्व अधिकारी धनगढीबाट टिकापुर लाग्नुभएको छ ।