काठमाडौं, असार २३ । नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता सकिएको छ । कार्यदल स्तरमा भएको छलफल सकारात्मक भएपछि दुई नेताबीच आज झण्डै तीन घण्टा बार्ता भएको हो ।
ओली र नेपालबीच काठमाडौंको होटल मेरियटमा दुवै पक्षका सहकर्मीहरुका साथमा भेटवार्ता गर्नुभएको थियो । बार्तामा सहभागी एमाले महासचिव इश्वर पोखरेलले जनताटाइम्सलाई दिनुभएको जानकारीअनुसार आजको छलफल सकारात्मक रहेको छ । दुई नेताबीचको छलफलका आधारमा बिहीवार बस्ने कार्यदल बैठकले सहमतिको खाकालाई अन्तिम रुप दिनेछ ।
वार्तामा केही समयमा दोस्रो तहका नेताहरूले ब्रफिङ गर्नुभएको थियो भने पछि दुबै नेताले वान टु वान वार्ता गर्नुभएको सुरेन्द्र पाण्डेले जानकारी दिनुभयो । उहाँले दुबै नेताको बीचमा सकारात्मक कुराकानी भएको र भोलि सबै विषय टुंगिने बताउनुभयो । भोलि दिउँसो कार्यदलको बैठकपछि पुनः दुइ नेताको छलफल हुने संयुक्त विज्ञप्ति आउने स्रोतले जनाएको छ । आजको बार्तामा महासचिव पोखरेलसहित उपाध्यक्ष भीम रावल, उपमहासचिव विष्णु पौडेल र नेता सुरेन्द्र पाण्डे सहभागी हुनुभएको थियो ।













प्रतिक्रिया दिनुहोस्