जनता टाइम्स

२४ असार २०७८, बिहीबार ०९:५१

देउवाको कारण ५० हजार कार्यकर्ताले त्यागे नेपाली कांग्रेस


काठमाडौं, असार २४ । नेपाली कांग्रेसका ५० हजार क्रियाशील सदस्यले पार्टी त्यागेका छन । सभापति शेरबहादुर देउवालेनेतृत्व सम्हालेपछि हरेक बर्ष १० हजार कांग्रेस कार्यकर्ताले पार्टी परित्याग गरेका हुन । कांग्रेसको क्रियाशील सदस्य नविकरणको तथ्यांक आएसँगै देउवाले नेतृत्व लिएपछि वार्षिक १० हजारका दरले कार्यकर्ताले कांग्रेस छाडेको पुष्टि भएको हो ।

नेपाली कांग्रेसको क्रियाशिल सदस्यता छानविन समितिले एक महाधिवेशनबाट अर्को महाधिवेशन हुने तयारी भैरहेको बीचमा ५० हजार कार्यकर्ताले कांग्रेसको सदस्यता नविकरण नगरेको जनाएको छ । समितिका प्रवक्ता प्रदीप पौडेलले अघिल्लो पटक चार लाख ७० हजार जनालाई क्रियाशिल सदस्य दिएकोमा यसपटक त्यसमध्ये जम्मा चार लाख २० हजार जनाले मात्रै नविकरण गरेको जानकारी दिनुभयो ।

पाँच वर्षअघि १३औँ महाधिवेशनमा क्रियाशिल सदस्यता पाएका ५० हजार व्यक्तिले यसपटक नविकरणका लागि आवेदन नदिएका हुन्। आउँदो भदौ १६ देखि १९ गतेसम्म हुने १४औँ महाधिवेशनका लागि नेता रमेश लेखक नेतृत्वको क्रियाशिल सदस्यता छानबिन समितिले काम गरिरहेको छ।