जनता टाइम्स

२४ असार २०७८, बिहीबार १०:५३

एमाले बिवादमा आज सबै कुरा टुंगोमा पुग्ने सुवास नेम्वाङको खुलासा


काठमाडौं, असार २४ । एमाले बिवाद समाधान कार्यदलका संयोजक सुवास नेम्वाङले आज बस्ने कार्यदल बैठकमा सवै बिषयको टुंगो लाग्ने बताउनु भएको छ । विवाद समाधानका लागि आज आज बिहान साढे ११ बजे सिंहदरबारमा बैठक बस्दैछ ।

कार्यदलमा संस्थापन पक्षका संयोजक नेम्वाङका अनुसार प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली र नेता माधव नेपालबीच हिजोको वार्तापछि विकसित अवस्थामा कार्यदलले थप गृहकार्य गर्नेछ । ‘कार्यदल आफ्नो काममा अविचलित ढंगले लागेको छ, हिजोको विकसित घटनाक्रमलाई लिएर आज थप छलफल गर्छौं । सकेसम्म आज सबै कुरा टुंगोमा पुग्छौं,’ नेम्वाङले भन्नुभयो ।

बुधवारको वार्ताका बिषयमा अनेका खालका टिप्पणी भए पनि सकारात्मक भएको नेम्वाङले बताउनुभयो । आज पनि दुई नेताको भेटघाट हुनसक्ने उहाँको भनाइ छ । पार्टी मिल्न नदिने समुहले नकारात्मक हल्ला फैलाएको भन्दै नेम्वाङ आफूहरुले सहमति जुटाएरै छाडने बताउनु भयो । आज साँझसम्ममा विवादका धेरै बिषय टुंगिएर अध्यक्ष ओली र नेता नेपालको संयुक्त विज्ञप्ती आउनसक्ने जानकारी पनि नेम्वाङले दिनुभयो ।