जनता टाइम्स

२५ असार २०७८, शुक्रबार ०९:०३

चीनबाट नेपाल आइपुग्यो ८ लाख डोज भेरोसेल खोप


काठमाडौं, असार २५ । सरकारले आज बिहान आठ लाख डोज कोरोना खोप चीनबाट ल्याएको छ । नेपाल एयरलाइन्सको वाइडबडी जहाजबाट आज बिहान भेरोसेलको आठ लाख डोज खोप ल्याएको स्वास्थ्य सेवा विभागको खोप शाखाका प्रमुख डा. झलक शर्मा गौतमले जानकारी दिनुभयो । उहाँका अनुसार आज आठ लाख डोज भेरोसेल खोप ल्याइएको र बाँकी खोप थप उडानमार्फत् ल्याइनेछ ।

नेपाल सरकारले चीनको सिनोफार्म कम्पनीसँग ४० लाख मात्रा खोप खरिदको सम्झौता गरेको थियो । साउन ८ गतेसम्म तीनवटा उडानमार्फत खोप नेपाल ल्याइने स्वास्थ्य मन्त्रालयले जनाएको छ । अव नियमित खोप आपुर्ति गरी सवै नागरिकलाई लगाइने सरकारको भनाई छ ।